क्यान्डिडायसिस: कारण, लक्षण र उपचार | What is Candidiasis? Nepali | Symptoms | Dr Upasana Manandhar

Dr Upasana Manandhar2 December 20259:32304 views

About this video

क्यान्डिडायसिस एउटा सामान्य फंगल सङ्क्रमण हो, जुन क्यान्डिडा नामक फङ्गसको अत्यधिक वृद्धिका कारण हुन्छ। यो प्रायः मुख, छाला वा यौनाङ्ग वरिपरि देखिन्छ। सामान्य लागे पनि, समयमै उपचार नगर्दा यो असहजता र बारम्बार हुने सङ्क्रमणको कारण बन्न सक्छ। यस भिडियोमा डा. उपासना मानन्धरले क्यान्डिडायसिस किन हुन्छ? को-को यसको बढी जोखिममा हुन्छन्? र यसको निदान तथा उपचार कसरी गरिन्छ भन्ने बारे विस्तृत रूपमा बताएका छन्। साथै, सरसफाइ र खानपानका माध्यमबाट यस रोगबाट स्वाभाविक रूपमा कसरी जोगिन सकिन्छ भन्ने उपयोगी जानकारी पनि यसमा समावेश गरिएको छ।