पाठेघरको मुखको क्यान्सर भनेको के हो? | What is Cervical Cancer? in Nepali | Dr Asmita Rayamajhi
About this video
पाठेघरको मुखको क्यान्सर भनेको पाठेघरको मुखमा रहेका कोशिकाहरू अनियन्त्रित रूपमा बढेर क्यान्सरको गाँठो बनेको अवस्था हो। प्रायः यसको मुख्य कारण उच्च–जोखिम भएको एचपीभी सङ्क्रमण हो, जसलाई समयमै परीक्षण गरेर नियन्त्रण गर्न सकिन्छ। यस भिडियोमा डा. अस्मिता रायमाझीले पाठेघरको मुखको क्यान्सर के हो, किन हुन्छ, यसको लक्षणहरू के देखिन्छन्, कसरी परीक्षण गरिन्छ, कसरी उपचार गरिन्छ, यो अवस्थामा यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन, उपचारपछि गर्भधारण सम्भव हुन्छ कि हुँदैन, र रोकथामका उपायहरूबारे विस्तृत रूपमा बताउनुभएको छ।