टॉयलेट ट्रेनिङ: बच्चालाई कहिले र कसरी सिकाउने? | Toilet Training Guide in Nepali | Dr Deepak Mishra
About this video
टॉयलेट ट्रेनिङ भनेको बच्चालाई स्वतन्त्र रूपमा शौचालय प्रयोग गर्न सिकाउने प्रक्रिया हो| यो बाल्यकालको विकासमा महत्वपूर्ण चरण मानिन्छ। यसले बच्चामा आत्मविश्वास बढाउनु, स्वस्थ बानीको विकास गर्नुका साथै डायपरमा निर्भरता घटाउँछ। तर यो सिकाउन शुरुवात गर्नुको सही समय के हो? र बच्चालाई प्रभावकारी तरिकाले कसरी सिकाउन सकिन्छ? यस भिडियोमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दीपक मिश्र ले टॉयलेट ट्रेनिङ के हो, यसका लागि बच्चालाई कसरी तयार गर्ने, डर वा असहमतिलाई कसरी व्यवस्थापन गर्ने, र यस प्रक्रियालाई बच्चा र आमाबुबा दुवैका लागि सजिलो र तनावमुक्त बनाउनका लागि उपयोगी तरिकाहरू बताउनुभएको छ।